चौतारा, माघ २० ।
समायोजनको पत्र सहित विद्यालयमा हाजिर हुन आएकी शिक्षिकालाई अभद्र व्यवहार गराएको आरोपमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालीका १ भोटेचौर स्थीत सरस्वती माध्यामीक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष कृष्ण मुरारी चौलागाँई पक्राउ परेका छन् ।
चौलागाँईले मेलम्ची नगर शिक्षाले समायोजन गरेर पठाएको शिक्षिका सरस्वती चौलागाँईलाई विद्यालयमा हाजीर गर्न गएको अवस्थामा केहि व्यक्तिहरुलाई प्रयोग गरेर हाजिर गर्न नदिई अभद्र व्यवहार गरेका थिए ।
शिक्षिका सरस्वतीले जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा निबेदन दिएकी थिइन् । उनको निबेदनको आधारमा विद्यालय व्यवस्थान समितिका अध्यक्ष चौलागाँईलाई आज बिहान बौद्ध प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको हो ।
यस अघि भोटेचौर स्थीत शिवपुरी आधारभुत विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रहेका चौलागाँई ३ बर्ष देखि विद्यालयको हिसाबकिताब नदेखाएको तथा लेखापरिक्षण समेत नगराएको आरोप समेत लागेको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट हटी सकेपछि पनि चौलागाँईले उक्त विद्यालयको खाता अनधीकृत रुपमा प्रयोग गरिरहेको समेत बताइएको छ ।