चौतारा,माघ २१ ।
जिल्ला समन्वय समन्वय समिति सिन्धुपाल्चोकले चौथो जिल्ला सभा सम्पन्न गरेको छ ।
विविध प्राबिधिक कारणले समयमा नै सम्पन्न हुन नसकेको जिल्ला सभा नेकपा अनुशासन आयोगका संयोजक अमृत कुमार बोहोराका प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
बुधबार सम्पन्न जिल्ला सभामा केहि स्थानीयका प्रमुख बाहेक अन्यको उपस्थिति रहेको थियो ।
जिल्ला सभामा जिल्लामा कोरोना रोकथाम, नियन्त्रण र जनचेतना प्रवाहमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले पत्रकार सहित ८ जनालाई सम्मान गरेको छ ।
कोरोना रोकथाम र नियन्त्रणमा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव दिनेश थापा, स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चपागाई, उत्कृष्ट स्वास्थयकर्मीको तर्फबाट मेलम्ची प्राथमिक स्वास्थ्य चौकीका इञ्चार्ज डाक्टर विनोद केसी, कोभिड संक्रमणका बिचमा पनि विरामीलाई स्वास्थ्य संस्थांसम्म लैजान एम्बुलेन्स चालक समिर ठकुरीलाई नगद ५ हजारसहित सम्मान गरिएको थियो ।
साथै उत्कृष्ट क्वारेन्टाइन मेलम्ची, उत्कृष्ट कार्य गर्ने गैरसरकारी संस्था मध्येबाट ग्रामिण महिला सिर्जनशिल परिवार, विदेशबाट आउनेलाई घरसम्म लैजान भुमिका निर्वाह गर्ने पाँचपोखरी थाङपाल गाउँपालिकाका मदन गुरुङलाई पनि नगद ५ हजार सहित सम्मान गरिएको थियो ।
यसैगरी जिल्लाका १२ स्थानीय तहमध्ये उत्कृष्ट समन्वय र सहकार्य गर्ने लिसंखुपाखर गाउँपालिकालाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।