चौतारा, माघ २३ ।
पोजेटिभ ड्रिमर्स युवा क्लवले श्री सेतिदेवी पन्चकन्या माध्यमिक बिध्यालय कुबिण्डेमा अध्ययनरत आर्थीक अवस्था कमजोर रहेका तथा जेहेन्दार २ बिध्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
केहि नयाँ सोच र नयाँ कार्य गर्ने उध्यक्षका साथ यसै बर्षमात्रै स्थापना भएको १५ जना युवाहरुको समुहले सो बिध्यालयको ४४ औँ बार्षिक उत्सव तथा भुतपुर्व बिध्यार्थी पुर्नमिलन समारोहका बिच छात्रवृत्ति प्रदान गरेको हो ।
बिध्यालयको कक्षा ११ मा अध्यनरत सबिता भण्डारी र कक्षा १२ मा अध्ययनरत बिजय ठकुरीलाई तिन तिन हजार रुपैया नगद सहित प्रमाणपत्र प्रदान गरिएको पोजेटिभ ड्रिमर्सका सदस्य अर्जुन शर्माले जानकरी दिए।
बिध्यालयले छनोट गरेका दुबै बिध्यार्थिहरुको आर्थिक अबस्था कमजोर रहेको र अध्ययनमा समस्या खेपिरहेका थिए यस छात्रवृत्तिले बिध्यार्थिमा केहि राहत पुग्ने बिध्यालयका प्रध्यानाध्यापक कृष्ण प्रसाद पौडेलले बताए ।
शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका उपमाहानिर्देशक अण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सो छात्रवृत्ति नगरप्रमुख अमान सिं तामाङ र क्लवका सदस्य अर्जुन शर्माले संयुक्त रुपमा प्रदान गरेका थिए।
पोजेटिभ ड्रिमर्स स्टुडेन्ट अफ द इयरको नाममा स्थापना भएको छात्रवृत्ति प्रत्यक बर्षमा निरन्तरता दिइने क्लवका अध्यक्ष प्रज्वल शर्माले बताए । उनलेले भने यो हाम्रो शुरुवाती मात्रै हो यि र यस्ता कार्यक्रमहरुलाई हामीले निरन्तरता दिने छौँ ।
सो क्लवमा आवद्ध सबै सदस्यहरू सोहि बिध्यालयका पुर्वबिध्यार्थी हुन् ।