चौतारा,माघ २३ ।
शुक्रबार श्री सेतिदेवी पन्चकन्या माध्यामिक बिध्यालय कुबिण्डेले आफ्नो ४४ औ बार्षिक उत्सव तथा भुतपुर्व बिध्यार्थी पुर्नमिलन समारोह सम्पन्न गरेको छ ।
बिध्यालयको ४४ औ बार्षिक उत्सव शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका उपमाहानिर्देशक अण प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न हुनेगरी तय गरिएको कार्यक्रममा बिशेष कारणबस सभामुख सापकोटा उपस्थिति हुन नसक्नुभएको बिध्यालयले जानकारी दिएको छ । कार्यक्रममा भौतिक उपस्थिति हुन नसकेकोमा दुख व्यक्त गर्दै सभामुखले शुभकामना सन्देशको पत्रसमेत पठाउनुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि न्यौपानेले सामुदायिक बिध्यालयको खस्कद अबस्थालाई देखर दुखित भएको बताउनुभएको छ । उहाँले भन्नुभयो “म स्वयम सरकारी बिध्यालयबाट नै पढेर आएको हु तर पहिलेको जस्तो शैक्षिक स्तर अहिले पाँउन सकिदैन । यसले मलाई दुख तुल्याएको छ ।”
उहाँले बिध्यालयको शैक्षिक स्तर उकास्न अभिभावकको निकै नै महत्व रहेको बताउनुहुदै सधै बिध्यालयलाई निगरानिमा राख्न अभिभावकलाई अग्रह समेत गर्नुभयो । उहाँले पहिलोपटक सिन्धुपाल्चोक आउने अवसर प्राप्त भएकोमा निकै नै खुसि व्यक्त समेत गर्नुभयो ।
यस्तै कार्यक्रममा बिशेष अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिं तामाङले अहिलेको सन्दर्भमा शिक्षाको महत्व निकै नै भएको हुँदा बालबालिकाको शिक्षामा लगानी गर्न पछि नहटन सबै अभिभावकमा आग्रह गर्नुभएको छ । उहाँले नगरपािलकाका अन्य बिध्यालयहरु भन्दा यस बिध्यालय निकै नै उत्कृष्ट रहेको समेत उदघोष गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहनुभएका बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद सापकोटाको सभापतित्वमा भएको सो कार्यक्रममा बिध्यालयका प्रध्यानाध्यापक कृष्णप्रसाद पौडेलले बिध्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थयो ।