चौतारा, माघ २६ ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकले २६ औ साधारणसभा तथा ११ औ अधिबेशन सम्पन्न भएको छ ।
आइतबार पत्रकार माहासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यतामा निर्माण व्यवसायी संघको सभाहल चौतारामा माहासंघको २६ औ साधारणसभा तथा ११ औ अधिवेशन सम्पन्न भएको हो । ११ औ अधिबेशनको निर्बाचनको मिति भने चैतको पहिलो सातालाई तोकिएको छ ।
पत्रकार माहासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका सभापति महेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमा माहासंघका केन्द्रिय सचिब रामप्रसाद दाहाल लगायत पत्रकार माहासंघका प्रदेशका पदाधिकारी समेतको उपस्थिति रहेको थियो ।
साधारण सभामा प्रमुख अतिथि आचार्यले माहासंघले प्रकाशित गरेको अंक ९ को सिन्धु पत्रकारी स्मारिका समेत बिमोचन गर्नुभएको छ ।
माहासंघले साधारणसभाको अबसरमा माहासंघलाई आर्थिक सहयोग गर्ने जिल्ला समन्वय सहित चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका लिसंखुपाखर गाँउपालिका र हेलम्बु गाँउपालिका गरि ४ गाँउपालिकालाई सम्मन समेत गरेको छ ।
कार्यक्रमा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा अन्य नागरिकहरुको समेत उपस्थिति रहेको थियो ।
साधारसभाको अबसरमा प्रेस रजिष्टारको कार्यालयले पत्रकार माहासंघलाई आपतकालिन अबस्थामा समाचार संकलनको लागि आबश्यक समाग्रिहरु सहितको २ झोला समेत हस्तान्तरण गरेको थियो । उक्त आपतकालिन समयमा प्रयोग हुने सामाग्री सहितको झोला प्रेस रजिष्टार रेवती सापकोटाले माहासंघका अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो ।
पत्रकार माहासंघ जिल्ला शाखा सिन्धुपाल्चोकका सचिब दिनेश थापाले संचालन गर्नुभएको कार्यक्रममा माहासंघका उपाध्यक्ष ज्ञानेन्द्र मिमल्सिनाले सभामा उपस्थित माहानुभावमा स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा माहासंघका कोषाध्यक्ष बिदुर गिरीले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।