काठमाडौं ,५ फागुन।
नेपालका लागि जापानी राजदूत H.E. Mr.MasamichiSaigo ले सम्माननीय सभामुख अग्निप्रसाद सापकोटासँग आज बिदाई भेट गर्नुभएको छ ।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएका राजदूत Saigo ले सिंहदरबार स्थित सभामुखको कार्यकक्षमा भेटघाट गर्नुभएको हो ।
भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध सँधै सुमधुुर रहेको चर्चा गर्नुभयो । उहाँले कोभिड–१९ का कारण मानव जातिको सभ्यता र अस्तित्वमा सिर्जना भएको चुनौती माथि मानव जातिको जित सुरु भएको बताउँदै जापानमा आजै देखि कोभिड–१९ विरुद्ध खोप कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गर्नु भयो ।सभामुख सापकोटाले यसकालागि जापानी सरकार र सबै जापानी जनतालाई बधाई ज्ञापन गर्नु भयो ।
जापानले नेपालको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा गरिरहेको सहयोग प्रति आभार व्यक्त गर्दै सभामुख सापकोटाले नेपाली कामदारका लागि जापानले उपलब्ध गराएको रोजगारीको अवसरका लागि धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले समय प्रतिकुल भएपनि कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदुत Saigo लाई बधाई ज्ञापन गर्नु भयो ।
भेटका अबसरमा राजदुत Saigo ले नेपाल बसाइका क्रममा भएको सहयोप्रति आभार प्रकट गर्दै यस पछि आउने राजदूतले पनि यस्तै सहयोग पाउने आशा व्यक्त गर्नु भयो ।