चौतारा, फागुन १९।
सिन्धुपाल्चोक जिल्लालाई अब दुग्ध जोन बनाइने भएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन समन्वय समितिको बुधवारको बैठकले सो निर्णय गरेको हो । यस अघि सिन्धुपाल्चोक जिल्लालाई मकै पकेट क्षेत्र घोषणा गरी मकै जोनको रूपमा विकास गरिएको थियो ।
हाल जिल्लाबाट वार्षिक ९८ करोडको दूध निर्यात हुने आकलन गरिएको छ । किसानले प्रत्यक्ष र नियमित आम्दानी गर्ने दूध व्यवसायलाई प्रवर्द्धन गरिनु आवश्यक रहेको सो बैठकले निष्कर्ष निकालेको हो ।
सो बैठकबाट जिल्लामा मकै जोनलाई सुपर जोनमा स्तरोन्नति गर्दै दुग्ध पकेट क्षेत्र निर्धारण गरी दुग्ध जोन स्थापना गरिने निर्णय भएको हो ।
सो बैठकले दुग्ध जोन सँगै अन्य ५ बालीको समेत प्राथामिकि करण गरी गरेक छ सोही अनुसार जोन घोषणा गरी टेक्निकल गाइडलाइन निर्माण गरी कार्यक्रम तय गर्न समितिले माथिल्लो तहमा सिफारिस गरेको हो ।
जसमा क्रमशः दूध, आलु,कपि, माछा मासु गरी प्राथामिकिकरण गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाईका प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।
मकै पकेट क्षेत्रको रूपमा परिचित जिल्लालाई तत्काल गाई–भैसी, आलु सँगै क्रमशः छ वटा क्षेत्रमा काम गर्ने केन्द्र नीति रहेको परियोजना कार्यान्वयन इकाईले जनाएको छ ।
सो बैठकले १२ डिग्री भन्दा कम भिरालो रहका र निकट भबिश्यमा नै बस्ति बस्ने सम्भावना नभएका टार बेसि र फाँटहरु पहिचान गरी ति क्षेत्रलाई भु९उपयोग परिषदले चक्लाबन्दि निर्माण गर्न सिकने व्यवसायिक कृषि क्षेत्र भनि बर्गिकरण गर्न र कृषि आधुनिकरणको कार्यक्रम संचालन गर्न आबश्यक नितिगत व्यबस्था सहित स्थानिय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई केन्द्रमा लेखि पठाउने निर्णय समेत गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बाबुराम खनालको संयोजकत्वमा बसेको बैठकमा मेलम्ची नगरपालिका प्रमुख डम्वर अर्याल,मकै जोन सञ्चालन समन्वय समितिका संयोजक जीवन थापा, कृषि ज्ञान केन्द्र काभ्रेका थर्क बहादुर जिसि,चौतारा साँगाचोकगढि नगरपालिका वडा नं ४ का अध्यक्ष चुडामणि नेपाल, बाह्रिबसे नगरपालिका वडा नं २ का वडाध्यक्ष बमबहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो ।