मेलम्ची, फागुन २० ।
मेलम्ची नगरपालिका वडा नं. ४ डाँडाकटेरीका ३६ जना महिलालाई साबुन बनाउने तालिम दिन सुरु गरिएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनकी महासचिव कुमारी तामाङको पहल, युवा तथा साना व्यवसायी स्वरोजगार कोष काठमाडौँ र मेलम्ची नगरपालिका ४ डाँडाकटेरीको संयुक्त आयोजनामा नेचुरल साबुन बनाउने ७ दिने सिपमूलक तालिम दिन सुरु गरिएको हो ।
बिहिवार भएको तालिमको उदघाटन कार्यक्रममा अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का केन्द्रीय सदस्य अञ्जना शाहले यी र यस्ता जीवन उपयोगी तालिमहरूले गाउँमा रोजीरोटी गरेर बस्नेहरूलाई रोजगारको अवसर प्राप्त हुने र बिस्तारै जीवनस्तर उस्किदै जाने विश्वास लिएको बत्ताएकी छिन् ।
बिहीबार सुरु भएको सो तालिम फागुन २६ गते सम्म सञ्चालनमा रहने राष्ट्रिय प्रजातन्त्र पार्टी महिला सङ्गठनकी महासचिव तामाङले जानकारी दिएकी छन् ।
यस प्रकारका तालिमहरूले मानिसहरूमा स्वरोजगार बन्न सहयोग पुग्ने हेतुले कार्यक्रम तय गरिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका शाखा प्रमुख नरबहादुर साहुदले बताए ।
सो तालिमका लागि आवश्यक सम्पूर्ण सहयोग युवा तथा साना व्यवसायी स्वरोजगार कोषले व्यहोर्ने छ । सो तालिमको सहजीकरण इभा नेन्सिले गरिरहेकी छिन् ।
सोही प्रकारको नेचुरल साबुन बनाउने तालिम यसअघि जुगल गाउँपालिकाको वडा नं २ का ३० जना महिलालाई प्रदान गरिएको थियो ।