जुगल, फागुन २७ ।
प्रथम क्रियटिभ हगाम कप जुगल गाउँपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरू भएको छ ।
बिहिबारक्रियटिभ हगाम युथ क्लवले आयोजना गरेको खेलको उद्धाटन भएको हो ।
जुगल गाउँपालिकाका उपाध्यक्ष सृजना तामाङले उद्धघाटन गरेको उक्त प्रतियोगितामा जुगल गाउँपालिकाका ११ टीम खेलाडी सहभागी भएका छन्।
बिहिबार नै क्रियटिभ हगाम युथ क्लवको उदघाटन समेत गरिएको छ ।
बुद्धिजिबि समाज सेवी ईश्वरगुभाजु, गाउँपालिका उपाध्यक्ष सृजना तामाङ, जुगल ७ का वडा अध्यक्ष दिलकुमार लामा, जुगल १ का वडा अध्यक्ष कमल थापा ,समाज सेवी नन्दे श्रेष्ठले संयुक्त रुपमा क्रियटिभ हगाम युथ क्लव उदघाटन गरेका हुन् ।