इन्द्रावती, चैत्र १२ ।
सिन्धुपाल्चोकको ईन्द्रावति गाउँपालिका ३ खुतुमेडाडाँमामा ३ दिने निशुल्क आँखा शिविर विहिबार सम्पन्न भएको छ । ईन्द्रावती गाउँपालिका ३ नम्बर वडा कार्यालयको आयोजना तथा आँखा अस्पताल त्रिपुरेश्वरको सहयोगमा ३ दिन सम्म चलेको सिविरमा ५ सय ६५ जनाले आखाको परीक्षण गराएका शिविर क्याम्पका संयोजक चेतनाथ गिरीले जानकारी दिए ।
उनका अनुसार ति मध्य २२ जनाको शिविर स्थानमानै अप्रेसन समेत सफलताका साथ सम्पन्न भएको छ । जलविन्दु ,मोतीयाविन्दु जस्ता समस्या भएका २२ जनाको निशुल्क अप्रेसन समेत सफताका साथ सम्पन्न भएको ईन्द्रावती गाउँपालिका ३ नं वडा अध्यक्ष देव प्रसाद बानीयाले बताए । टाडा टाडाबाट समेत सिविरमा आखाँका विरामि आएका थिए ।
आँखाका रोगीहरुलाई लक्षित गरी शिविरको आयोजना गरिएकोमा यो सफल समेत भएको अध्यक्ष बानियाले जानकारी दिए । शिविर कुन्चोक स्वास्थ्य चौकि खुतुमेडाडामा संचालन भएको छ । शिविरमा आँखाको साधारण चेकचाज देखि अवस्था हेरेर अप्रेसन समेत गरीएको थियो ।
गाउँमानै आएका डाक्टरले आखाँको अप्रेसुन गरीदिएपछि काठमाडौ जाने खर्च र समय बचेको भन्दै सेवागा्रही खुसि भएका छन् ।