नयाँ अभियान रिपोर्टर चौतारा, चैत्र १२ ।
चौतारा साँगाचोकगढि नगरपालिकाको तेस्रो नगर स्तरिय रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।
बिहिवार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ स्थित कालिकादेवी माविमा नगरप्रमुख अमानसिङ तामाङले उदघाटन गरेका हुन् ।
नगर खेलकुद बिकास समितिको भएको सो कार्यक्रम १४ गते समापन हुने नगर खेलकुद समितिका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए ।
नगरभित्रका ११ वटा विद्यालयहरुको सहभागिता रहेको सो प्रतियोगितामा भलिवल (महिला र पुरुष छुट्टाछुट्टै), कबड्डी, एथलेटिक्स, मार्शलआर्ट लगाएतका बिधामा गरि ५०० जना खेलाडीहरुको सहभागिता रहने छ ।
हरेक बिधामा प्रथम हुनेलाई रु. १५ हजार द्वितीय हुनेलाई रु. १२ हजार र तृतीय हुनेलाई रु. ९ हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा छनोट भएका खेलाडीहरुलाई २०७८ बैशाख ११ र १२ मा मेलम्चीमा हुने जिल्लास्तरिय रास्ट्रपति रनिङशील्ड प्रतियोगितामा सहभागी गराइने छ ।