बराम्ची, चैत्र २९ ।
जुगल गाउँपालिका द्वारा आयोजना गरिएको जुगल कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जुगल गाउँपालिका वडा नं ४ पाङताङले हात पारेको छ।
पाधि जितेसँगै टिमले सिल, मेडल, प्रमाण पत्र सहित नगद रू ३५हजार पुरुस्कार हात पारेको छ। त्यस्तै दोस्रो र तेस्रो स्थान क्रमस वडा नं १ सेलाङ र वडा नं ६हगाम ले हात पारेको छ ।
दोस्रो हुने टिमले सिल मेडल प्रमाण पत्र नगद रू २५ हजार पुरुस्कार हात पारेको छ भने तेस्रो हुने टिमले सिल मेडल प्रमाण पत्र नगद रू १५हजार हात पारेको छ।
उक्त कार्यक्रममा गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठ प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर विक योजना अधिकृत राम बाबु नेपालले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।
“राष्टको लागी खेलकूद स्वस्थ्यका लागि खेलकूद”भने मूल नाराको साथ आयोजना गरिएको जुगल कप पुरुष भलिबल प्रतियोगिता मा ६ ओटा वडाको सहभागिता रहेको थियो।
उक्त कार्यक्रम जुगल १ सेलाङ माध्यमिक विद्यालयको प्राङ्गण माँनेडाडामा भएको हो।