चौतारा, चैत्र २९ ।
शनिबार चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ मा नेकपा माओवादी केन्द्र को वडा स्तरीय बिस्तारित बैठक तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
सो बिस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गरि वडाका ३ दर्जन भन्दा बढी युवा नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
साँगाचोक भञ्ज्याङमा आयोजित कार्यक्रममा नेकपा एमाले निकट राष्ट्रिय युवा संघका सुमन राना र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका युवा निखिल तामाङको नेतृत्वमा युवाहरू पार्टी प्रवेश गरेका हुन् ।
नवप्रवेसी नेता कार्यकर्ताहरुलाई नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सल्लाहकार अमानसिं तामाङ, माओवादी केन्द्र जिल्ला कमिटी सचिवालय सदस्य जानुका पराजुली, जिल्ला कमिटी सचिवालय सदस्य तथा सिन्धुपाल्चोक क्षेत्र नं १ प्रतिनिधि सभा क्षेत्रीय संयोजक गणेश बिकले टिका, खादा लगाइ पार्टी प्रवेश गराएका हुन् ।
बिस्तारित बैठक तथा भेलाबाट विभिन्न पार्टीका जनसंगठन समेत गठन गरिएको १२ नम्बर वडा कमिटीका अध्यक्ष दीपेन्द्र नेपालले जानकारी दिए ।
नेता नेपालका अनुसार निखिल तामाङ इन्चार्ज, धुर्ब राना सह इन्चार्ज, नवीन राना संयोजक, सुरेश पराजुली सह–संयोजक सहित ७१ सदस्यीय वाइसीएल कमिटी, मनमाया नेपाल संयोजक, देवकी गिरी सह(संयोजक रहेको २१ सदस्यीय अनेम संघ (क्रान्तिकारी) विभिन्न टोल कमिटीहरुसमेत गठन गरिएको अध्यक्ष नेपालले जानकारी दिए ।