काठमाडौँ,चैत्र २९ ।
लायन्स क्लब अफ काठमाडौं न्यु स्मार्ट सिटिकोे अध्यक्षमा सिन्धुपाल्चोककी संगिता शर्मा निर्वाचित भएकि छिन् ।
सनिवार लायन्स क्लब डिस्ट्रीक ३२५ ए २ अन्तर्गतका ५ वटा सिटि क्लब हरुको बार्षिक साधारण सभाबाट उनि न्यु स्मार्ट सिटिकोेअध्यक्षमा निर्वाचित भएकि हुन् ।
छोरी मान्छे भन्ने बित्तिकै कमजोर ठान्ने यो समाजमा छोरी मान्छे भएर नै बिगत लामो समय देखि समाज मा उदाहरणीय कार्य गर्दै आएकि शर्माले कोभिड नेसनल हिरो अवार्ड र रास्ट्रीय नारी स्वर्ण बाट सम्मानित समेत भइसकेकी छिन्।
लायन्स क्लब मा अध्यक्ष पछी झन सामाजिक कार्य मा जिम्मेवारी बढेको उनले बताइन् ।उनले नेत्तृत्व गरेको क्लब मा उपाध्यक्ष यम श्रेष्ठ, सचिब नमूना श्रेष् र कोषाध्यक्ष दृस्टी श्रेष्ठ रहेका छन् ।
सिटि अन्तर्गतका अन्य क्लबका अध्यक्षहरुमा क्रमश लायन्स क्लब अफ काठमाडौ ओपेरा सिटि मा शंकर पौडेल, ग्रीन सिटि मा राजेस गौतम, मनहरा सिटि का श्याम सिह खड्का, मेगा सिटि का डि.बि खड्का र नयाँ क्लब सनसिटी मा बेनि बहादुर खड्का निर्बाचित भएका छन् ।
सो बार्षिक साधारण सभामा नेत्तृत्व लेबल मा रिजन चियरपर्सन इन्द्र ब कार्की र जोन चियरपर्सन द्वय रेनुका श्रेष्ठ र धुर्ब ब कार्की को उपस्थिति रहेको थियो।