चैत्र ३०,चौतारा ।
सिन्धुपाल्चोकको सुकुटेमा बसले मोटरसाइकललाई हान्दा एक जनाको मृत्यु भएको छ ।
त्रिपुरासुन्दरी गाउँपालिकाका नारायण श्रेष्ठको उपचारको क्रममा सिन्धु सदावहार अस्पताल खाडीचौरमा निधन भएको प्रहरीले जनाएको छ । अर्का गम्भीर घाइते सोमबहादुर श्रेष्ठलाई उपचारको लागि ह्याम्स अस्पतालमा लगिएको छ ।मोटरसाईकलमा रहेका सानो बालकको पनि उपचार भैरहेको छ ।
काठमाडौ बाट दोलखा जाँदै गरेको अरनिको यातायातको बा ३ ख ९६५८ नन्बरको यात्रु बस र खाडिचौरबाट काठमाडौ जादै गरेको बा ५९ प ६९८६ नम्बरको मोटरसाइकल ठोक्कीदा दुर्घटना भएको हो । गाडीले विपरित दिशामा गएर मोटरसाइकललाई ठक्कर दिएको स्थानीयले बताएका छन् ।