चौतारा, बैशाख १ ।
नेपाल इन्जिनियर्स एसोसिएसन दोस्रो बागमति प्रदेश कार्यकारिणी समितिको आसन्न निर्वाचनमा ई. रोहिणी पौडेलले सभापति पदमा उमेद्वारी दिएका छन् ।
यहि २०७८ बैशाख २४ गते हुन गईरहेको नेपाल इन्जिनियर्स एसोसिएसन को केन्द्रिय कार्यकारिणी समिति, सातै प्रदेशका प्रदेश कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ्ग काउन्सिलमा प्रतिनिधित्व गर्ने ५ सदस्यको निर्वाचनमा केन्द्रमा डा. ई. हरि बहादुर दर्लामीले नेतृत्व गरेका लोकतान्त्रिक समुहबाट वाग्मती प्रदेश कार्यकारिणी समितिको निर्वाचनमा पौडेलको नेतृत्वमा १५ सदस्यीय लोकतान्त्रिक समुह निर्वाचनमा होमिएका हुन्।
लोकतान्त्रिक समुहबाट वागमती प्रदेशमा उपसभापतिमा ई. सुरेन्द्र कैनी, सचिवमा ई. दिनेश न्यौपाने, सह-सचिवमा डा. ई. विजय थापा, कोषाध्यक्षमा ई. विपिन भुषाल तथा सदस्यहरुमा ई. ओशन थापा मगर, ई. प्रमोद महत, ई. प्रल्हाद बस्नेत, ई. रोहित पौडेल, ई.चिरञ्जिवी खतिवडा, ई. व ृजेश सिंह, ई. गौरव पौडेल, ई. दिराज थापा, ई. राकेश भट्टराई, ई. प्रविण क्षेत्री को उमेद्वारि रहेको छ भने वागमती प्रदेशबाट प्रतिनिधित्व गर्दै ई. सुव्रत अर्यालले केन्द्रीय सदस्य पदमा उमेद्वारि दिएका छन् ।
विभिन्न कार्यालयहरुमा कार्यरत रहँदा उत्कृष्ठ कार्यसम्पादन गरी पुरस्कृत समेत भईसकेका ई. रोहिणी पौडेलले समाज र इन्जिनियरको हितमा काम गर्न लोकतन्त्रवादी साथीहरुको उर्जावान समुह मार्फत आगामि दुई वर्ष इन्जिनियरको नयाँ तथा उच्चतम पहिचान, सम्मान र सम्वृद्दिको पक्षमा काम गर्ने अभिलाषाका साथ आफु निर्वाचनमा होमिएकोले सबै ईन्जिनियर साथीहरुमा सल्लाह, सुझाव तथा सहयोगको लागि आव्हान गरेका छन् ।