नयाँ अभियान सम्वाददाता, मेलम्ची, बैशाख ७ ।
मेलम्चीमा जारी जिल्ला स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनलमा हेलम्बु गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिका बीच प्रतिस्पर्धा हुने भएको छ ।
लिगका खेलहरुमा सम्पूुर्ण खेल जित्दै हेलम्बु ११ अंकका साथ पहिलो स्थानमा त्यस्तै चौतारा १० अंकका साथ दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् । त्यस्तै मेलम्ची ६ अंक सहित तेस्रो, ईन्द्रावती ३ अंक सहित चौथो र पाँचपोखरी थाङपाल अंक विहिन हुदैँ पाँचौ स्थानमा रहेको छ ।
फाइनल खेल भोली बिहान ८ बजे हुने आयोजक हाम्रो टिम मेलम्चीका अध्यक्ष आशिष श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा पहिलो हुनेले कप, मेडल र प्रमाणपत्र सहित नगद १ लाख, दास्रो हुनेले कप, मेडल र प्रमाणपत्र सहित नगद सहित ५० हजार र अन्य टिमले २५।२५ हजार प्राप्त गर्नेछन ।
हिजोबाट सुरु भएको प्रतियोगिता हाम्रो टिम मेलम्चीको आयोजना, रेडियो मेलम्चीको सहआयोजना र मेलम्ची नगरपालिकाको सहयोगमा संचालन भईरहेको छ ।