नयाँ अभियान सम्वाददाता,तातोपानी, बैशाख ८ ।
भोटेकोशी गाँउपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।
भोटेकोशी गाँउपालिकाको आयोजनामा भएको उक्त प्रतियोगिताको उदघाटन बुधबार राष्टिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले गरेका हुन् ।
प्रतियोगिताको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि सिलवालले महिला खेलकुदको बिकासका लागि गाँउपालिकाले गरेको प्रतियोगिताको निकै नै प्रसंसा गरे ।
यस्तै प्रतियोगिताको उदघाटनको सम्बोधन गर्दै गाँउपािलका अध्यक्ष राजकुमार पौडेलले खेलकुदको बिकासका लागि गाँउपालिकाले कुनै कसुर बाँकि नराख्ने बताएका छन् ।
आज (बुधबार) भएको उदघाटन खेलमा न्यु डाइमन टिमले नेपाल आर्मीको टिमलाई सोजो सेटमा हराएको छ ।
उदघाटन खेलमा होङगान्जि न्यु डाइमन क्लबले त्रिभुवन आर्मीलाई २५/१४, २५/९ र २५/१४ को सोजो सेटमा हराएको हो ।
बैशाख ११ गते सम्पन्न हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी, होङगान्जि न्यु डाइमन, एपीएफ, पुलिस र ढोरपाटन क्वल गरि ५ टिमको सहभागिता रहेको छ ।
खेलमा प्रथम हुने टिमले ३ लाख, दोस्रो हुने टिमले २ लाख, तेस्रो हुने टिमले १ लाख र चौथो हुने टिमले ५० हजार नगद सहित ट्रफि मेटडल र प्रमाणपत्र पाउने छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार नगद पाउने छन् ।
यिस्तै खेलको उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेटर, प्रशिक्षकले नगद ७ हजार नगद, ट्रफि र प्रमाणपत्र पाउनेछन् भने प्रत्यक खेलको उत्कृष्ट खेलाडीले नगद २ हजार सहित ट्रफि पाउनेछन् ।