बैशाख १३, चौतारा ।
चौतारा साँगाचोकगढि नगरपालिका ६ स्थित दारेगौडाको पानी ट्यांकी डाँडामा बन्ने बुद्धपार्कको आज (सोमबार) सभामुख अग्निप्रसाद सापकोटाले शिलान्यास गर्नुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका वडा नं ६ को गौंरती सामुदायिक बन क्षेत्रमा पर्ने पानीट्यांकी डाँडामा निर्माण हुने उक्त बुद्ध मुर्ती ६७ फिट अग्लो बन्नेछ ।
चौताराको दुरसंचारबाट पार्क पुग्न हजार सिडिको निमार्णको काम आधाआधी भईसकेको छ ।
कुल ६ करोड २१ लाख त्रिपन्न हजार सात सय अठासी रुपैयाँ लागतमा उक्त बुद्धपाक बन्ने नगरपालिका मेयर अमान सिं तामाङले नयाँ अभियानलाई जानकारी दिनुभयो ।
सुकुटे आउने पर्यटकलाई सांगाचोकको गढि, ईर्खुको रानीपोखरी , बुद्ध पार्क ,गौरती मन्दिर हुदै ओख्रनीको चिया वगाउन घुम्न सक्ने गरी पर्यटन केन्द्रित कार्यक्रममा नगरपालिकाले जोड दिएको नगरपालिकाका प्रमुख अमान सिंह तामाङले बताउनुभयो ।
बुुद्धपार्कको निमार्णको लागि बैशाख १० गते मुर्ति उमा/काली/प्रसीन जेभी ले निर्माण सम्झौता गरेको छ । कम्पनीले समयमा नै काम सम्पन्न गरे २०७९ जेठ २२ गते पछि बुद्धको मुर्ति सहित भ्यु टावर अवलोकन गर्न पाईनेछ ।