बैशाख १३, चौतारा ।
सरकारले देशभरका विद्यालय, शिक्षालायमा भौतिक उपस्थिति बन्द गर्ने र परीक्षा स्थगित गर्ने निर्णय गरे पनि सिन्धुपाल्चोकमा भने बैशाख मसान्तसम्म बिध्यालय संचालन हुने भएको छ ।
जिल्ला कोरोना संकट ब्यबस्थापन समिती र जिल्ला समन्वय समितिले गरेको संयुक्त बैठकले बैशाख मसान्त भित्र संपूर्ण विद्यालयको बार्षिक परीक्षा सम्पन्न गरि बिदयालय बन्द गर्ने निर्णय गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकाय सहित
सहितको बैठकले सार्वजनिक यातायातका साधनहरुमा जनस्वास्थ्य मापदण्ड अनिवार्य रुपमा पालना गर्न लगाउने निर्णय समेत गरेको छ ।
जिल्लाभित्र मेला ,महोत्सव ,ठुला जमघट हुन नदिने र विवाह ब्रतबन्ध जस्ता सामाजिक कार्यहरु २५ जना भन्दा वढि सहभागि हुन नपाउने मापदण्ड अनिवार्य पालना गर्न लगाउने निर्णय समेत बैठकले गरेको छ ।