बिदुर आचार्य,चौतारा, बैशाख १६ गते ।
सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउापालिका–२ ठोकर्पामा सामुदायिक कृषि वीउ बैैंक स्थापना भएको छ ।
बुधवार एक कार्यक्रमका वीच पिङडाँडा कृषि सहकारी संस्थाले सहकारी भवन र कृषि वीउ बैंकको उद्घाटन गरेको हो । सहकारीले एकै कार्यक्रममका एक सय स्थानीय र उन्नत जातका वीउको प्रर्दशनी मेला समेत गरेको छ ।
‘पुराना जातका वीउको संरक्षण र नयाँ जानका वीउको प्रवद्र्धन गर्न वीउ बैक स्थापना गरिएको हो’– संस्थाका अध्यक्ष हीमबहादुर आचार्यले भने। अव कृषकहरुले गाउँमा कृषि उत्पादन गर्न सबै वीउ बेक मार्फत प्राप्त गर्न सक्ने भएका छन् । स्थानीय ठाउँमा उत्पादन गरिँदै आएको सबै प्रकारका वीउ संरक्षण गर्दै त्यसको निरन्तर उत्पादनमा लाग्ने र कृषकको आवश्यकता र माग अनुरुप हाईब्रिट वीउ समेत बैकवाट प्राप्त गर्न सकिने ब्यवस्था रहेको सहकारीका कोषाध्यक्ष रोसन न्यौपानेले जानकारि दिए । बैकमा कीरा तथा रोग सहन सक्ने वीउहरु प्रशस्त पाईने ब्यवस्था गरिएको छ ।
लोपउन्मुख कृषि वीउ बैकमा रहनेछन् । वीउको अभाव र खाद्य संकट रोक्न वीउ बैकको महत्वपूर्ण भूमिका रहने कृषि ज्ञान केन्द्र काभ्रेका प्रमुख तेज प्रसाद दवाडी बताउछन ।
कार्यक्रम स्थलमा २३ वटा समुहले छुट्टा छुट्टै वीउका स्टल प्रदर्शनीमा राखेका थिए । स्थानीय देखि उन्नत प्रजातीका करिव एक सय प्रकारका वीउको प्रदर्शन गरिएको कोषाध्यक्ष न्यौपानेले जानकारि दिए ।
सुनकोशी गाउँपालिकाको ३२ लाख सहयोगमा निर्मित सहकारी भवन र वीउ बैकको एकसाथ उद्घाटन भएको हो । पूर्व सूचना तथा सञ्चार मन्त्री मोहन वहादुर वस्नेतले भवन उद्घाटन गरेेे । कृषकले उत्पादन गरेका सामाग्री बिक्री र उनीहरुलाई आवश्यक कृषिजन्य सामाग्री एके स्थानवाट गराउने उदेश्यले आवश्यक सहयोग गरेको गाउँपालिका अध्यक्ष श्रवण जिसीले बताए ।
गाउँपालिकाले तरकारी पकेट क्षेत्रको रुपमा सहकारीको सेवा क्षेेत्रको विकास गर्ने समेत जिसीले बताए। सहकारी स्थापनाको पाँच वर्षमा सुनकोशी गाउँपालिका–१ र २ का कृषकहरुको सारथी वन्न सफल भएको अध्यक्ष आचार्य बताउछन् ।
‘कृषकर्लाइ सबै प्रकारका वीउ, मल सँगै पशुपालनका लागि सरल कर्जा र वीमाको ब्यवस्था गरिएको छ’,– आचार्य भने, ‘यो वर्ष एक घर एक टनेल र ल्लाष्टिक पोखरीले पूर्णता पाउनेछ ।’ सहकारीकै समन्वयमा गत महिना माटो परीक्षण भएको थियो ।
सोही कार्यक्रममा कृषि ज्ञान केन्द्रवाट प्राप्त कृषि उपकरणहरु कृषहरुलाई पचास प्रतिशत अनुदानमा वितरण गरिएको थियो । सुनकोशी गाउँपालिका –१ र २ का कृषहरुलाई ३८ वटा मिनिटेलर, १० वटा मकै पिस्ने मेसिन, मकै छोडाउने कन्सेलर, त्रिपाल लगायतका सामाग्री बितरण भएको थियो ।