रस्मिला खत्री, चौतारा,बैशाख १६ ।
नकोट्याउ त्यो अतीत म जान चाहान्न त्यहाँ
रिस उठ्छ बेपत्तै सम्झदा म जान चाहान्न त्यहाँ
खाटा बस्दै गरेको यो घाउ मेरो चिथोर्ने काम नगर
बिन्ती नसम्झाउ त्यो मान्छे म जान चाहान्न त्यहाँ
जे भयो बितिसक्यो अतीत म जान चाहान्न त्यहाँ
फेरि उई कुरा नदोहोर्याउ म जान चाहान्न त्यहाँ
हिजो त भैसकेको छ भोलिको चिन्ता छ मलाई
माफगर अब म वर्तमान मा छु म जान चाहान्न त्यहाँ
रुएको नाटकगर्दै नआउ फर्किएर म जान चाहान्न त्यहाँ
झुटो आशाहरु नदेखाउ अब फेरि म जान चाहान्न त्यहाँ
पुनः स्मरणगर तिम्रो लागि म विगतमा नै मरिसके
हालसमय वर्तमान छ नसम्झाउ विगत म जान चाहान्न त्यहाँ