१६ बैशाख, चौतारा ।
सिन्धुपाल्चोकको भोटेकोशी नदिमा निर्माणाधिन मध्य भोटेकोशी जलविद्युत आयोजना १०२ मेगावाटले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि आईपिओ निष्काशन गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु।६ अर्बको १०५ अर्थात् रु।६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो । जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ ९\साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०५ ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०५ ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन हुने छ ।
यस आईपिओमा आवेदन दिंदा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने छ ।
नीय बासिन्दाका लागि आईपिओ निष्काशन गरिएकोले मेरो शेयरबाट भने शेयर भर्न सकिने छैन । शेयर भर्नका लागि कम्पनिले विभिन्न बैंकका ४३ वटा शाखाहरु तोकेको छ ।
आयोजनाको अद्यावधिक लागत अनुमानको रकम रु।१५ अर्ब ०३ करोड ०२ लाखको ९० हजार आधारमा २०७७ चैत्र मसान्तसम्म निर्माण अवधिको ब्याजबाहेक रकम रु। ८ अर्ब २६ करोड ५ लाख २९ हजार ३९ रुपैया खर्च भएको छ । सो अनुसार आयोजनाको वित्तीय प्रगति प्रतिशत ५४।९६५ रहेको । साथै आयोजनाको भौतिक प्रगति समग्रमा ७० प्रतिशत रहेको छ ।