शुक्रबार पीसीआर परीक्षणका लागि पठाइएको ६० नमूनामा २६ जनाको कोरोना संक्रमण पुष्टि भएको स्वास्थ कार्यालयले जानकारी दिएको छ । १६ महिला र १० पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित सबै चौतारा नगरपालिकाका छन् । यो सँगैं सिन्धुपाल्चोमा संक्रमितको संख्या ८३ पुगेको छ ।