चौतारा, बैशाख २० ।
मध्य भोटेकोसी हाइड्रोपावरमा काम गर्ने १ जना कामदारको मृत्यु भएको छ ।
हाइड्रोपावरमा लेबर काम गर्ने ३३ बर्षका पदम सिं जेठाराको आज मृत्यु भएको हो ।
काम गर्दागर्दै आकस्मिक रुपमा ढलेका जेठारालाई क्रिस्टोन अस्पताल बाह्रबिसे ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख देब बहादुर साहले जानकारी दिए ।
स्थायी ठेगाना घोडाघडि नगरपालिका १ सुख्खड कैलाली रहेका जेठरा ९ दिन अगाडि मात्रै सिन्धुपाल्चोक आएका थिए ।