चौतारा, बैशाख २० ।
कोभिड १९ को दोस्रो लहर सुरु भएयता सिन्धुपाल्चोकमा कोरोना संक्रमितको संख्या एक सय नागेको पु छ ।
हिजो गरिएको पिसिआर परीक्षणको रिपोर्टमा आज १५ थपिएसँगै संक्रमितको संख्या एक सय २ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हिजो ४५ जनाको स्वाब संकलन गरिएको थियो ।कोरोनाको दोस्रो लहरमा सिन्धुपाल्चोकमा दुई जनाको मृत्यु भएको छ ।
आज विहान कोरोना नेगेटिभ देखिएका कुविण्डेका एक व्यक्तिलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ ।
श्वास फेर्न गाह्रो भएका उनलाई चौतारा अस्पतालबाट धुलिखेल लैजाँदै गर्दा साँगाचोकमा पुग्दा मृत्यु भएको हो । मृत्यु भइसकेको मान्छेको कोरोना परीक्षण नगर्ने सरकारको नीति छ ।