चौतारा,बैशाख २१ ।
नेकपा माओवादी केन्द्र सिन्धुपाल्चोकले आफ्ना कार्यकर्ताहरुलाई कोभिड १९ विरुद्धको युद्धमा उत्रन आव्हान गरेको छ ।
महामारीले तीब्ररुप लिईरहेको अवस्थामा केन्द्रले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै पार्टी मातहतका सबै जनवर्गीय संगठनलाई सुरक्षाका मापदण्ड पालना गर्दै कोभिड १९ बिरुद्ध एक भएर लाग्न आग्रह गरेको हो ।
जिल्ला अध्यक्ष गोबिन्द पराजुलीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा कोरोना भाइरस रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा एकताबद्ध भएर लाग्न नेकपा माओवादी केन्द्र प्रतिबद्ध भएर लागेको जानकारी गराउँदै थप प्रभावकारी बनाउन संपूर्ण मातहतका सबै पार्टी समिती र पार्टी सम्बन्धित संगठनहरुलाई निर्देशन दिइएको उल्लेख छ ।