बैशाख २१,चौतारा ।
आजबाट खुलेको मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडलेआईपीओ ईसेवाबाट भर्न सकिने व्यवस्था मिलाएको छ।
प्रभावित क्षेत्रका स्थानीयहरूलाई निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर ईसेवाबाट नै भर्न सकिने भएको हो।
कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको छ। जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ।
यस्तै, बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ।
यसरी भर्न सकिन्छ आवेदन
१. ईसेवा खाेलेर MBJCL – IPO (Local People) मा थिच्नुहाेस्।
२. सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नुहाेस्।
३. आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ । बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ।
४. प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ।