२२ बैशाख , चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाको कुबिण्डे र कदमबासमा कोरोना संक्रमितको संख्या अत्यधिक हुन थालेपछि सो स्थानहरु शील गर्न नगरपालिकाले सिफारिस गरेको छ ।
आज बसेको नगर स्तरीय कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले सो २ स्थानलाई शिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको हो ।
निर्णयानुसार नगरपालिकाको वडा नं ४ (साबिक कुबिन्डे गाबिस ५,६,७,८ र ९) र वडा नं ९ कदमबास (साबिकका ९ वटै वडा)लाई शील गर्न नगरपालिकाले सिफारिस गरेको हो ।
कुबिण्डेमा मात्रै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जना संक्रमितको मृत्यु भईसकेको छ ।
बैठकले चौतारा बजारमा रहेका खाद्यान्न पसल, फलफुल तथा तरकारी पसल, मेडिकल तथा भेटेरिनरी पसल, निर्माण सामग्रीका पसल बाहेक सबै पसलहरु बन्द गराउन जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकले आपतकालीन सेवा चुस्त दुरुस्त राख्नविभिन्न विषयगत फोकल पर्सन समेत तोकेको छ ।नगरभित्रका एम्बुलेन्सहरु संग समन्वय गर्न नगरपालिकाका कर्मचारी रोहित शर्मा लाई ९८५१२३४५७४, संक्रमित हरुसंग समन्वय गर्न नगर स्वास्थ्य शाखा प्रमुख शिव बहादुर पुरी ९८४१५३८४५७ र आइसोलेसनको बिषयमा समन्वय गर्न कर्मचारी चिरञ्जीवी कट्टेल ९८५११५१६८२लाई फोकल ब्यक्ती तोकी आपतकालीन सेवा चुस्त राख्ने निर्णय गरेको नगर प्रमुखका प्रमुख स्वकिय सचिव रोहित शर्माले जानकारी दिए ।