बैशाख २२, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं. ४ कुबिण्डे र वडा नं.९ कदमबासमा कोरोना संक्रमितको संख्या अत्यधिक बढन थालेपछि सो स्थानहरु शील गरिएको छ ।
आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको बैठकले नगरपालिकाको वडा नं ४ (साबिक कुबिन्डे गाबिस ५,६,७,८ र ९) र वडा नं ९ कदमबास (साबिकका ९ वटै वडा)लाई शील गरेको हो ।
बैशाख २३ गते बिहान ६ बजे देखि ३० गते राति १२ बजे सम्मको लागि सो वडाहरु शील गरिएको हो । अत्यावश्यक काम बाहेक सो स्थानबाट आवतजावत गर्न नपाउने गरि सो क्षेत्रमा शील गरिएको नगरप्रमुख अमान सीं तामाङले बताए ।
आज बिहान बसेको नगर स्तरीय कोभिड १९ संकट ब्यवस्थापन समितिको बैठकले सो २ स्थानलाई शिल गर्न जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई अनुरोध गरेको थियो सो अनुरोध अनुसार DCCMC को बैठकले सो निर्णय गरेको हो ।