बैशाख २४,चाैतारा ।
सिन्धुपाल्चोकमा कोरना संक्रमणको दर बढ्दै गएपछि बाह्रविसे नगरपालिकाकी उप-प्रमुख सुशीला पाख्रिनले आफूले प्रयोग गर्दै आइरहेको सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिएकी छिन् ।
उपप्रमुख पाख्रिनले आफूले प्रयोग गर्दै आएको सवारी साधन एम्बुलेन्सको रुपमा प्रयोग गर्नका लागि बाह्रविसे प्रथामिक स्वास्थ्य केन्द्रलाई प्रयोगका लागि दिएकी हुन् ।
नगरपालिकामा संक्रमितको संख्या दिनानुदिन बढिरहेको र नगरपालिकाका रहेको एम्बुलेन्सले मत्रै नपुगेपछि आफूले प्रयोग गर्दै आइरहेको सवारीसाधन स्वास्थ केन्द्रलाई दिएको उपप्रमुख पाख्रिनले बताइन् ।
कोरोना संक्रमित बिरामी बोक्न, स्वाब परीक्षणका लागि धुलिखेल लैजान तथा अन्य आवश्यक कामका लागि गाडी प्रयोग गर्न सकिने उपप्रमुख पाख्रिनले बताइन् ।
नगरपालिकामा रहेका कुनै एम्बुलेन्स बिग्रियर बसेको र भएको एउटा एम्बुलेन्सले मात्रै सबै काम गर्न नभ्याउने हुँदा आफुले प्रयोग गर्ने गाडि दिएको उनले नयाँ अभियानलाई बताइन ।
नयाँ प्रजातिको कोरोना फैलिएसँगै बाह्रविसे नगरपालिकामा मात्रै संक्रमितको संख्या ४० पुगेको छ । सो नगरपालिकाले अक्सिजन सहितको आइसोलेशन वार्ड समेत तयार पारिसकेको छ ।