२६ बैशाख , चौतारा।
आज साँँझ ६ बजेदेखि लागुु हुनुगरी सिन्धुपाल्चोक जिल्लाभर निषेधाज्ञा लागु हुने भएको छ ।
आज बसेको सिन्धुपाल्चोक जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले आज साझ ६ बजेबाट बैशाखभर जिल्लाभर निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यस अघि निश्चित क्षेत्र तोकेर निशेधाज्ञा जारि गरिएको थियो ।
निशेधाज्ञाको पुर्ण पालना गराउन बैठकलेे जनप्रतिनिधि परिचालन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले जिल्लाको प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा र टोलहरुमा वडा सदस्यको संयोजकत्वमा कोरोना रोकथाम नियन्त्रण सहजिकरण समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
सो समितीमा वडाका महिला स्वास्थ स्वयंसेवीका, आमा समूह, युवा क्लब लगाएतका समाजमा अग्रज व्यक्तिहरु सहभागी गराउने निर्णय भएको छ ।
त्यस्तै बैठकले पालिकाभित्रको सबै चालु एम्बुलेन्सहरुको तथ्यांक राख्न पालिकाको स्वास्थ शाखाको प्रमुखलाई जिम्मेवारी तोकेको छ भने त्यसको जानकारि सम्पूर्ण जिल्लाबासीलाई गराउन निर्देशन समेत दिएको छ ।