३१ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोर्याएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली लगाएत मन्त्रीपरिषदमा सबैले आजै शुक्रबार शपथ लिएछन् ।
२७ वैशाखमा प्रतिनिधिसभामा ओलीले विश्वासको मत नपाएर पदमुक्त भएका थिए ।
तर राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको समयमा कसैको दावी नपरेपछि संविधानको धारा ७६ (३) अनुसार ओली संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतमा पुनःप्रधानमन्त्री नियुक्त भएका हुन् ।