जेष्ठ १, चौतारा ।
सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा अक्सिजन प्लान्ट र पिसिआर मेसिन रहेन भएको छ ।
बागमती प्रदेश सरकारको निवर्तमान सामाजिक बिकास मन्त्री युवराज दुलालको बिशेष पहलमा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र पिसिआर मेशिन राखिने भएको हो ।
बागमती प्रदेश सरकारको पछिल्लो निर्णयले जिल्लामा नै अक्सिजा प्लान्ट र पिसिआर मेशिन राखिने निर्णय गरेको हो ।
जिल्ला सदरमुकाम चौतारामा रहेको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र पिसिआर मेशिन राख्न प्रदेश सरकारले स्वास्थ्य कार्यालयलाई छिट्टै पत्र पठाउने तयारी गरेको समेत दुलालले बताए ।
अक्सिजन प्लान्ट र पिसिआर मेसिनसहित ११ हाइ डिपेन्डेन्सी युनिट (एचडियु) वार्ड र अक्सिजन जडित ५४ बेड कोभिड आइसोलेसन वार्ड बन्ने छ उनले भने।
११ एचडियुमध्ये ६वटा चौतारा अस्पताल र ५,५ वटा मेलम्ची र बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा रहने छ । अक्सिजन सहितको बेड चौतारामा २४ र मेलम्ची र बाह्रबिसेमा १५,१५ वटा रहने छन् ।
निवर्तमान सामाजिक विकासमन्त्री दुलाल र माओवादी केन्द्रका नेता माधव सापकोटाले कोरोनाको दोस्रो लहर सुरु भएलगत्तै स्वास्थ्यकर्मी सहित सरोकारवालासँग सदरमुकाम चौतारामा छलफल गरेर अक्सिजन प्लान्ट र पिसिआर मेशिन राख्न गरिएको प्रस्तावमा प्रदेश सरकारले निर्णय गरेको हो ।
प्रस्तावको फाइल बोकेर निवर्तमान मन्त्री दुलाल स्वयम प्रदेश सरकार सम्म पुगेका थिए ।