जेष्ठ ५, इन्द्रावती ।
कोरोनाको दोस्रो लहर दिनानुदिन बढिरहेको अबस्थमा इन्द्रावती गाँउपालिकाका समाजसेवी युवाहरुले सामुहिक सहयोगमा गाँउबासीलाई स्वास्थ्य सामाग्री बितरणा गरेका छन् ।
गाँउपालिको वडा नं.२ मा पछिल्लो समय बढिरहेको कोरोनाको न्यूनिकरण तथा रोकथामको लागि स्वास्थ्य सामाग्री बितरण गरिएको सहयोगि मदन गिरीले जानकारी दिए ।
स्थानीय समाजसेवी युवाहरुले करिब २ लाख बराबरको स्वास्थ्य सामाग्री बितरण गरेका हुन् ।
इन्द्रावती गाउँपालिका वडा नं।२ का समाजसेवीहरु मोहोन बहादुर गिरी , श्यामशुभम् गिरी, हिरा गिरी, बिष्णुकुमार भारती , रामशरण भारती, रामशरण गिरी, बलराम गिरी, मेख बहादुर गिरी, धनपति आचार्य, दलबहादुर भारति को आर्थिक सहयोगका सम्पुर्ण वडाबासिहरुलाई बिभिन्न स्वस्थ्य सामाग्री बितरण गरेको स्थानीय सुमन भारतीले जानकारी दिए ।
समाजसेवीहरुको आर्थिक सहयोगमा जम्मा गरिएको १ हजार २ सय पिस साबुन, ६ सय पिस सेनिटाईजर र १७ हजार पिस माक्स वडाबासीलाई बितरण गरिएको गिरीले जानकारी दिए ।
उक्त स्वास्थ्य सामाग्री सोहि वडाका युवाहरुको सक्रियतामा वडाको सम्पुर्ण ५ सय ९१ घर परिवारलाई घरदैलोमा नै पुगि बितरण गरिएको हो । साथै सो टिमले सोहि पालिकाको छिमेकी वडा नं।३ लाई समेत मास्क सहयोग गरेको छ ।
टिमले वडा नं.३ लाई २ हजार पिस माक्स वडा अध्यक्ष देब प्र बानियाँ लाई वडा कार्यालयमा नै पुगेर हस्तान्तरण गरिएको समेत गिरीले जानकारी दिए ।
यस्तै इन्द्रवती गाँउपालिकालाई समेत १ हजार पिस मास्क सहयोग बापत हस्तान्तरण समेत गर्ने समेत तयारी गरेको छ ।