जेष्ठ ५, चौतारा ।
आज चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख उपप्रमुख सहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मेयर अमानसिंह तामाङ र उप मेयर जानुका पराजुली सहित ३ जनामा संक्रमण पुष्टि भएको नगर प्रमुखमा स्वकिय सचिव रोहित शर्माले जानकारी दिए ।
चौतारा नगरपालिकामा मात्रै हिजो एकैदिन १ सय ४७ जनामा संक्रमण पुष्टि भएको थियो ।
यो सँगैं नगरपालिकामामा संक्रमितको संख्या ४ सय ७७ पुगेको छ ।
सिन्धुपाल्चोक जिल्लामा हालसम्म ९५३ मा कोरोना पुष्टि भैसकेको छ ।