जेष्ठ ५, अत्तरपुर ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाँउपालिकाले कोभिडका बिरामिलाई लक्षीत गर्दै उपचार तथा राहतका कार्यक्रमहरु ल्याएको छ ।
गाउँपालिकाले उपाध्यक्ष हेमगंगा मोक्तानको संयोजकत्वमा बसेको कोरोना संकट ब्यवस्थापन समितिको बैठकले कोरोना संक्रमित विरामिलाई स्वास्थ्यमा समस्या देखिएर डाडापाखर वा सिन्धु सदावहार अस्पताल जानुपरेमा निशुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने निर्णय गरेको छ ।
सो बैठकले आर्थिक अवस्था कमजोर भएका विपन्न नागरीकलाई पोषण खर्च वापत पति संक्रमित ३ हजार उपलग्ध गराईने लिसंखुपाखर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिए ।
यस्तै सिन्धु सदावाहर अस्पताल वा डांडापाखर अस्थाई कोभिड अस्पतालमा अक्सिजन सहितको सामान्य औषधी उपचार खर्च गाउँपालिकाले ब्यहोर्ने भएको छ ।
उक्त अस्पतालमा उपचार हुन नसकेर अन्यन्त्र थप सुविधा सहितको अस्पताल लैजान डाक्टरले सिफरिस गरेमा थप औषधी उपचार वापत १० हजार लिसंखुपाखर गाउँपालिकाले उपलग्ध गराउने भएको छ । तर डाक्टरको रिफर विना नै बिरामी आफ्नै अनुरोधमा अन्यन्त्र जान चाहेमा सो सुविधा उपलग्ध नहुने प्रमुख प्रशासकीय अधिकृत दुलालले बताए ।
कोभिड संक्रमित विरामिको उपचारको क्रममा मृत्यु हुन गएमा काजकिरीयामा सहयोग स्वरुप १५ हजार उपलग्ध गराउने समेत कोरोना संकट ब्यवस्थापन समिति लिसंखुपारले निर्णय गरेको छ ।
गाउँपालिकाले संक्रमण समुदायमा देखिएको भन्दै सर्वसाधरणमा थप सचेत रहन र स्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।
पालिकाले गाउँपालिका भित्रको विभिन्न स्थानको होटल ,पसल , ब्यवसाय जस्ता भिडभाड हुने क्षेत्रहरुमा पिसिआर नमुना संकलन गरी संक्रमणको अवस्था पहिचान गर्ने काम गरीरहेको पालिका अध्यक्ष कमल नेपालले बताए ।