जेष्ठ ५, चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाका ३ वटा वडा शील गरिएको छ ।
नगरपालिकाको वडा नं. १०,११ र १२ साबिक साँगाचोक गाबिस पुरै शील गरिएको हो ।
सो वडारुमा संक्रमण दर उच्च भएपछि नगरपालिकाको सामाजिक बिकास शाखाको आजको बैठकले शील गर्ने निर्णय गरेसँगै जिल्ला प्रशासन कार्यालयले चौतारा नगरपालिकाको सो वडाहरु शील गरेको हो ।
चौतारा नगरपालिकाको वडा नम्बर १०, ११ र १२ को पूर्वमा कदमवास भैसे, पश्चिममा इन्द्रावती नदी, उतरमा ठूलो सिरुवारी, डडुवा, जल्केनी, ,कोटडाँडा जानेबाटो र दक्षिणमा बन्देउ क्षेत्र शील गरिएको हो ।
सो क्षेत्र आज जेष्ठ ५ गते बाट जेष्ठ १४ गते राति १२ बजे सम्मको लागि सो वडाहरु शील गरिएको हो । कन्ट्याक्ट ट्रेसिङको दायरालाई फराकिलाई बनाउन सिल गरिएको जारी विज्ञप्तिमा भनिएको छ ।
शील गरिएको क्षेत्रबाट बाहिर जान र आउन निषेध गरिएको छ । चौतारामा मेयर उपमेयरसहित हिजो एकैदिन १४९ जनालाई संक्रमण पुष्टि भएको थियो ।