जेष्ठ ६, चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा मंगलबार साँझ देखि बुधबार साँझसम्म मात्रै ३ सय २ जना संक्रमित थपिएका छन् । सो २४ घण्टामा हालसम्मकै धेरै संक्रमित फेल परेको हुन् ।
२४ घण्टा भित्रमै यति धेरै संक्रमित थपिए सँगै जिल्लामा कोरोनाको दोश्रो लहरमा कोरोना नियन्त्रण बाहिर गएको सरोकारवालाहरुले जनाएका छन्।
सो २४ घण्टामा चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रै नगर प्रमुख उपप्रमुख सहित आधा भन्दा बढि १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चौताराका १५६ सहित मेलम्ची नगरपालिका ८०,इन्द्रावतीका ७,जुगलका ३,पाँचपोखरीका १६, बलेफिका १, बाह्रबिसेका २,भोटेकोशीका ३, लिसंखुका ६, शुनकोशीका २, हेलम्बुका १ र ठेगाना नखुलेका २५ जना गरी ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका बरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईंले जानकारी दिए ।
यो संगै सिन्धुपाल्चोकमा बुधबारसम्म संक्रकितको संख्या १ हजार १ सय १९ पुगेको छ ।
यस्तै कोरोनाको दोस्रो लहर शुरु भए यता सिन्धुपाल्चोकमा ९४ जनाले कोरोना जितेर घर फर्किसकेका छन भने ११ जनाले ज्यान गुमाइसकेका समेत बरिष्ठ जनस्वास्थ्य अधिकृत चापागाईंले बताए ।
कोरोनाको पहिलो कहरकमा सिन्धुपाल्चोकमा १७ जनाले कोरोनाकै कारण ज्यान गुमाएका थिए ।