६ जेठ, काठमाडौं ।
बागमती प्रदेशको राष्ट्रिय सभाको चनावमा डा. खिमलाल देवकोटा बिजयी भएका छन् ।
निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी भएका छन् ।
आज भएको चुनावमा देवकोटाले ५०८८ मत प्राप्त गरेका छन् भने निवर्तमान गृहमन्त्री बादलले ४०१४ मत प्राप्त गरेका छन् ।