जेष्ठ ६, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्ला संघीय निर्बाचन क्षेत्र नम्बर २ का माननीय सांसद एबम पुर्व कानुन,न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङको पहलमा मेलम्चि नगरपालिकामा अक्सिजन प्लान्ट निर्माण हुने भएको छ ।
पुर्बमन्त्री तामाङले स्थानिय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत “मेलम्चि नगर पुर्बाधार बिशेष कार्यक्रम” अन्तरगत बिनियोजित रु.३३ लाख २० हजार रुपैयाँलाई कार्यक्रम संसोधन गरि मेलम्चि नगरपालिकामा अक्सिजन प्लान्ट निर्माण गर्न बजेट ब्यबस्थापन गर्नु भएको हो ।
हाल बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस(कोभिड-१९) को दोश्रो भेरियन्टबाट दशिण एसियाका नेपाल ,भारत लगायत बिकाशशील राष्ट्रहरुमा अत्यन्त जोखिम बढेको र अस्पतालहरुमा अक्सिजन अभाब भएकोमा आफ्नो निर्बाचन क्षेत्रको प्रमुख नगरपालिकामा सो कार्यका लागि कार्यक्रम संसोधन मार्फत सो रकम बिनियोजन गरिएको र थप बजेटको लागि बिभिन्न निकायमा पहल भै रहेको माननीय तामाङले बताए ।
नेकपा (एमाले) केन्द्रीय सदस्य एबम केन्द्रिय कार्यालयका सचिब समेत रहेका माननीय तामाङले यो संकटपुर्ण घडिमा आफ्नो निर्वाचन क्षेत्रका साथै समग्र सिन्धुपाल्चोक जिल्लाबासिहरु र समस्त नेपालीहरुको समेत स्वास्थ सुरक्षा बारे उहांले बिभिन्न निकायहरुमा समन्वय गरि रहेनु भएको र मेलम्चिमा सो अक्सिजन प्लान्ट निर्माणको लागि नगरप्रमुख डम्बर अर्यालसंग समन्वय गरी र कार्यबिधि अनुसार तुरुन्त कार्यान्वयन गर्न प्रमुख प्रशासकीय अधिकृत कुमार कोईरालालाई आवस्यक निर्देशन समेत दिईएको उनका स्वकीय सचिब निर्मल बन्जाराले जानकारी दिएका छन् ।
मेलम्चिमा अक्सिजन प्लान्ट निर्माण पश्चात मेलम्चि नगरपालिका,पांचपोखरी थाङपाल गाउंपालिका ,ईन्द्रावति गाउंपालिका र हेलम्बु गाउंपालिकाका बिरामीहरुले समेत आबस्यक स्वास्थ सेवा लिन सक्ने अबस्था रहने छ ।
यसैगरी गत बैशाखमा नै जिल्ला अस्पतालको लागी अक्सिजन प्लाण्ट निर्माणको लागी माननीय पूर्व मन्त्रीले संघीय सरकारमा प्रक्रिया अगाडी बढाएकोमा अर्थ मन्त्रालयबाट बजेट विनियोजनको अन्तिम चरणमा रहेको जानकारी प्राप्त समेत भएको छ ।
जिल्लामा अक्सिजनको अभाव हुन नदिन सिल्क ग्रुपले भोली ७ गते अक्सिजन सिलिन्डर सहित ठुलो परिणाममा स्वास्थ्य सामाग्री सभामुख अग्नि सापकोटा, पूर्व मन्त्री द्वय शेर बहादुर तामाङ र मोहन बस्नेतको उपस्थितिमा जिल्ला कोरोना संक्रमण नियन्त्रण समितिलाई हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।