जेठ ७ ,सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लामा अक्सिजन सहितको १०० बेडको निःशुक्ल कोभीड–१९ उपचार केन्द्र संचालन गर्नको लागि आबश्यक सामाग्री बाह्रबिसे आइपुगेको छ ।
उपचार केन्द्र संचालनका लागि आवश्यक पर्ने १०० वटा बेड , १०० थान अक्सिजन सिलिण्डर लगायतका सामान आज बाह्रविसेमा आईपुगेको हो ।
पुर्ब सुचना तथा संचार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको पहलमा कोभिड १९ को महामारीबाट नागरीकलाई बचाउन जिल्लामा कोभिड –१९ उपचार केन्द्र संचालन हुन लागेको हो ।
जिल्लामा संक्रमणको दर तीव्र रुपमा बढेकाले स्थानीयलाई उपचारमा सहज होस् भन्ने उद्देश्यले सिन्धुपाल्चोकका बाह्रबिसे चौतारा मेलम्चीमा स्थापना गर्ने गरी एक सय बेडको कोभिड १९ सेवा केन्द्र स्थापना हुनेछ । सेवा केन्द्रमा अक्सिजन, भेन्टिलेटरसम्मको व्यवस्था गरिने बस्नेतले बताए ।
कोभिड १९ रोग नियन्त्रणमा आएपछि उक्त सेवा केन्द्र सरुवा रोग नियन्त्रण केन्द्रको रुपमा रुपान्तरण गर्ने योजना रहेको समेत बस्नेतले बताए ।
आवस्यकता अनुसार कोरोना परीक्षण गर्ने पीसीआर मेसिनसमेत उपलब्ध गराउने योजना छ । यसअघि पनि पीसीआर मेसिन राख्ने बताएका बस्नेतले राजनीतिक खिचातानीका कारण राख्न असमर्थ भएको बताए ।
कोरोना संक्रमण र अन्य रोग लागेका बिरामीलाई अस्पताल पुर्याउन बस्नेतले जीप समेत उपलब्ध गराउनु भएको छ । जुन गाडी पछि आफूले फिर्ता नलिने बरु सञ्चालक समिति बनाएर त्यसलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्ने बनाउने उहाँले जानकारी दिए।
साथै सिन्धुपाल्चोकमा अक्सिजन प्लाण्ट समेत स्थापना हुने भएको छ । सुनकोशी गाउँपालिकाको अगुवाइमा विभिन्न संघ सस्थाको लगानीमा एक महिना भित्र अक्सिजन प्लाण्ट स्थापना हुन लागेको हो।
सुकुटेमा प्लाण्ट स्थापना हुने तयारी सुरु भएको छ । पुर्व सन्चार मन्त्री मोहन बहादुर बस्नेतको सक्रियतामा प्लाण्ट स्थापना हुन लागेको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।