जेष्ठ ८, चौतारा।
सिन्धुपाल्चोकमा कोरोना दिनानुदिन बढिरहेको समयमा कोरोना नियन्त्रण तथा रोकथामका लागि शिल्क ग्रुपले सिन्धुपाल्चोक बासिको लागि स्वास्थ सामाग्री सहयोग गरेको छ ।
नेपाल चीन सीमा नाकाबाट हुने व्यापारीहरुको समूह सिल्क ट्रान्सपोर्टले सिन्धुपाल्चोकबासीका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सिल्क ग्रुपले कोरोना रोकथाम तथा नियन्त्रण समितिलाई तीन लाख थान सर्जिकल मास्क, चालीस हजार थान के एन नाइन्टिफाइभ मास्क, एक सय ५० थान एन्फारेड थर्मोगन, एक लिटर वाला सेनिटाइजर एक हजार थान, फेस सिल्ड एक हजार थान, १० लिटर अक्सिजन ७० थान र ४० लिटर जाने अक्सिजन ३० थान सामग्री सहयो गरेको हो ।
सिल्कका अध्यक्ष रमेश शेर्पाले उक्त सामाग्री पूर्व मन्त्रीद्धय शेरबहादुर तामाङ र मोहनबहादुर बस्नेत लाई सो सामग्री हस्तान्तरण गरेका थिए भने सो सामाग्री मन्त्रीद्धयले जिल्ला कोरोना संकट व्यवस्थापन समितिलाई बुझाएका छन् ।
अध्यक्ष रमेश शेर्पाले सिन्धुपाल्चोकलाई कोरोनामुक्त बनाउने अभियान अन्तर्गत सो सामग्री सहयोग गरिएको बताए । ‘कोरोनालाई परास्त गर्न मास्क अनिवार्य रहेको कारण सामाग्रीमा सबैभन्दा बढि मास्क दिएका हौँ उनले भने।पछि आवश्यकता परेमा पुन सिल्कले सहयोग गर्ने समेत उनले बताए। मास्क सबै सिन्धुवासीसामू पुर्याउन सके कोरोना महामारी न्यूनीकरणमा सघाउ हुनेछ ।
जिल्ला कोरोना संकट व्यवस्थापन समितिका सदस्य एवं सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले यो सामग्रीले धेरै सहयोग पुग्ने बताए । ‘हामी आवश्यक परेको ठाउँमा यी स्वास्थ्य सामग्री पठाउँनेछौं,’ उनले भने, ‘सामग्री स्टोरेज हुनेछैन ।’
सामग्री बुझ्दै समितिका सल्ल्हाकार एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले सिल्कबाट प्राप्त भएको सामग्रीले सिन्धुवासीलाई राहत पुग्ने बताए । उनले भने, ‘अब सिन्धुवासीका लागि स्वास्थ्य सामाग्री अभाबको चिन्ता हराएको छ ।’