जेष्ठ ९, चौतारा ।
सिन्धुपाल्चोक जिल्लामा कोरोना संक्रमणको दर दिनानुदिन बढिरहेको बेला पुर्ब सुचना तथा संचार मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले जिल्लाका १२ वटै स्थानिय तहका वडाहरुलाई १ हजार पिसको दरले मास्क बितरण गर्ने भएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको १०३ वटै वडाहरुमा १ हजारका दरले मास्क र केहि थान सेनिटाइजर बितरण गर्ने उनले बताए ।
कांग्रेस खेलकुद विभाग प्रमुख समेत रहेका नेता बस्नेतले आइतबार सिन्धुपाल्चोक क्षेत्र नं २ का सबै वडाहरुमा ,स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
मास्क बतिरण गर्दै उनले भने कसैको पनि मास्क र अक्सिजन नपाएर ज्यान जाने अवस्था आउने छैन त्यसैले सबै वडाका सरोकारवाला ब्यतिहरुलाई बोलाएर मास्क बितरण गरिएका छौँ ।
कोरोना नियन्त्रणको लागि मास्क लगाउनु निकै उपयुक्त रहेको हुँदा सम्पुर्ण सिन्धुबासिलाई पुग्ने गरी मास्क बितरण गर्न लागिएको उनले बताए ।
आइतबार मात्रै इन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका र हेलम्बु गाँउपालिकाका स्थानिय पार्टि प्रतिनिधी तथा जनप्रतिनिधीलाई मास्क बितरण गरिएको हो।
सिन्धुपाल्चोक जिल्लामा पुर्वमन्त्री बस्नेतको पहलमा बन्न लागेको १ सय वेडको कोरोना उपचार केन्द्र स्थापनाको लागि आबश्यक समाग्रि जिल्ला भित्र्याइसकेका छन् ।
उनले छिट्टै नै जिल्लाको बाह्रबिसे क्षेत्रमा अक्सिजन प्लान्ट स्थापना गर्ने समेत घोषणा गरिसकेका छन् ।