जेष्ठ १०, चौतारा ।
बिगत लामो समयदेखि स्वास्थ्य क्षेत्रमा कार्य गर्दै आइरहेको One Heart World Wide संस्था सिन्धुपाल्चोकले जिल्लामा रहेको चौतारा अस्पताललाई १० वटा भरी अक्सिजन सिलिन्डर सहयोग गरेको छ।
आज एक कार्यक्रमका बिच वनहर्टका सिन्धुपाल्चोक स्थित कार्यक्रम अधिकृत नगेन्द्रजंग शाहीले चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट करुणा बज्राचार्यलाई उक्त सिलिन्डर हस्तान्तरण गरेका हुन् ।
वनहर्टले प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका जिल्ला अस्पतालहरूलाई स्वास्थ्य सेवा विभागसंग समन्वय गरी अक्सिजन सिलिन्डरहरु हस्तान्तरण गरिरहेको कार्यक्रम अधिकृत नगेन्द्र शाहीले बताए।