जेष्ठ १२, चौतारा ।
पूर्वमन्त्री तथा नेपाली काङग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतले चौतारा अस्पतालको लगि १० वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।
आज एक कार्यक्रमका बिच पूर्वमन्त्री बस्नेतले चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी प्रसाद श्रेष्ठ र मेडिकल सुपरिटेन्डेन्ट करुणा बज्राचार्यलाई उक्त सिलिन्डर हस्तान्तरण गरेका हुन् । साथै उनले उक्त सिलिण्डर भर्नको लागि ६ हजार नगद समेत सहयोग गरेका छन् ।
बस्नेतले जिल्लामा १ महिनाभित्र १ सय बेडको कोभिड अस्पताल सञ्चालन गर्ने प्रतिबद्धता अनुसार सो सहयोग गरेका छन् । उनले चौतारा अस्पतालमा १० वेडको कोभिड उपचार केन्द्र बनाउने उदघोष गरेका थिए तर अस्पतालले वेड अस्पतालमा नै रहेको हुँदा वेड अन्यन्त्र दिन आग्रह गरेको थिए ।
बस्नेतले मंगलबार खाडिचौरको सिन्धु सदावहार अस्पतालमा २५ , भोटेकोशीको चाकुमा ५ बेड, जलबिरे स्वास्थ्य केन्द्र,मा ५ गरी ३५ बेडको कोभिड उपचार केन्द्र उद्घाटन गरिसकेका छन्। कोभिड उपचार सेवा केन्द्र सञ्चालनका लागि बेडसहित अक्सिजनको व्यवस्था समेत गरिएको छ ।
यस्तै पूर्वमन्त्री बस्नेतले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र, नवलपुर स्वास्थ्य केन्द्र र हेलम्बुमा समेत अक्सिजन सहितको बेडको स्थापना तत्काल गर्ने बताएका छन् । जिल्लामा आवश्यक परे थप उपचार केन्द्र स्थापना गर्ने समेत उनको प्रतिबद्धता रहेको छ ।
यसअघि बस्नेतले जिल्लाका सम्पुर्ण वडाहरुमा १ हजार पिस माक्स सहित स्वास्थ्य सामग्री वितरण गरेका थिए ।