जेठ १३,चौतारा ।
कोभिड–१९ बाट स्वास्थ्य तथा सुरक्षा अपनाउनको लागि सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जिल्लाको विभिन्न निकायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
संघका अध्यक्ष होमबहादुर बस्नेत, निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठ , नेपाल हिमालय सिमापार व्यापार संघका बच्चु पौडेल र उद्योग वाणिज्य संघका कार्यसमितिका सदस्यहरुको उपस्थीतिमा चौतारा अस्पताल,चौतारा साँगाचोकगढी नगरपालिका,जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान, शसस्त्र प्रहरीबल र गोरख बक्स गण चौतारालाई आज संघले प्रदान गरेको सामग्रीहरुमा सर्जिकल माक्स, केएन् ९५ मास्क,सेनिटाईजर,थमैल गन,अक्सीमिटर,पीपीई सेट र ग्लोव्स रहेका छन् ।
संघले सवै सरोकारवाला निकाय र संघसंस्थासंग सहकार्य गर्दै जाने प्रतिबद्धताकासाथ सहयोगको हातहरु अघि बढाएको हो ।
संघका अध्यक्ष बस्नेतले हिमालय सिमापार ब्यापार संघसंग समन्वय गरि निरन्तर कोभड–१९ नियन्त्रण गर्न अगाढी बढ्ने बताए ।
उनले महासंघले काठ्माण्डौ क्षेत्रपाटीमा स्थापना गरेको आईसियुलेसनमा जिल्लामा र जिल्लाबासी उपत्यकामा स्वास्थ्य सेवा लिन बाट अभाव झेल्नुपरे र अक्सीजन अभाव परेमा सम्पर्क गर्न समेत आग्रह गरे ।
आज नै ईन्द्रावती गाउँपालिका, मेलम्ची नगरपालिका,हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकालाई पनि सहयोग वितरण गरीएको संघका महासचिब सम्भु तिमल्सीनाले जानकारी दिए।