जेष्ठ १५, काँठमाडौँ ।
सरकारले यो वर्ष वृद्ध भत्ता मासिक एक हजार बढाएर ४ हजार पुर्याएको छ।
सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८।७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् । यसअघि भत्ता ३ हजार रहेको थियो ।
२०५२ सालमा तत्कालिन एमालेको अल्पमतको सरकारले मासिक १ सय दिने गरि बृद्ध भत्ता शुरु गरेको थियो।