जेष्ठ १५, सिन्धुपाल्चोक ।
लायन्स क्लबले चौतारा साँगाचोकगढि नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटी र स्मार्ट सिटिले नगरपालिकालाई ४ हजार पिस सर्जिकल मास्क, १९ पिस पुन प्रयोग गर्न मिल्ने पिपिइ सेट, सेनिटाइजर सहित अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।
स्वास्थ्य सामाग्री बुझ्दै नगरप्रमुख अमानसिं तामाङले सहयोग सानो ठूलो भन्नि हुन्न मनदेखी सहयोग को भावना का साथ स्वास्थ सामाग्री सहयोग गर्नु भयको मा लायन्स क्लब लाई धन्यवाद दिदै यस्तै किसिमका सहयोग को अपेक्षा गरेको समेत बताए ।
कोभिड १९ को नयाँ भेरियन्टको महामारीले मानव जीवनलाई चुनौति दिइरहेको बेला नगरपालिकासंग हातेमालो गरेर यहासम्म आउनुभएकोमा निकै प्रशन्न भएको समेत नगरप्रमुख तामाङले बताए ।
स्वास्थ सामाग्रि हस्तान्तरण गर्दै लायन्स न्यू स्मार्ट सिटिका प्रेसिडेन्ट तथा सामाजिक अभियान्ता संगीता शर्माले भोलिका दिनहरुमा पनि नगरपालिका लाई केही सहयोग चाहिए जस्तो सुकै सहयोग गर्न पनि पछि नपर्ने बताइन ।
क्लवले स्वास्थ सामाग्री मात्र नभएर कोभिड-१९ को कारण लकडाउन सुरु भएदेखी काठमाडौ उपत्यकामा दैनिक ३५० देखि ४०० जना गरिब दिनदुखी सुत्केरी अपांगता भयकालाई निशुल्क भोजन सेवा संचालन गरिरहेको लायन्स लिडर इन्द्र ब कार्की ले बताए ।
क्लवले पत्रकार माहासंघ सिन्धुपाल्चोक शाखालाई समेत १ हजार पिस मास्क र केहि थान सेनिटाइजर हस्तान्तरण गरेको छ ।
सो कार्यक्रममा लायन्स क्लब अफ काठमाडौ न्यू ग्रीनसिटिका कोषाध्यक्ष तथा पर्यटन व्यावसायि राज भट्ट कलाकार तथा लायन्स सदस्य अशोक शर्माको समेत उपस्थिति रहेको थियो ।