जेष्ठ १५, जुगल ।
कोरोना माहामारी जिल्लामा दिनानुदिन बढिरहेको बेला माओबादी केन्द्र सिन्धुपाल्चोकका युवा नेताहरु स्वास्थ्य सामाग्री लिएर आइसोलेशन पुगेका छन् ।
माओबादी केन्द्रका केन्द्रिय सदस्य माधव सापकोटा सुबोध, जनसांस्कृतिक महासंघका अध्यक्ष सरल साहयात्री पौडेल लगाएतका नेताहरु स्वास्थ्य सामाग्री लिएर आइसोलेशनमा पुगेका हुन् ।
सभामुख अग्निप्रसाद सापकोटाको पहलमा जम्मा भएको स्वास्थ्य सामाग्री शनिबार बलेफी गाउँपालिका र जुगल गाउँपालिकाले स्थापना गरेको रत्नराज्य माबिमा स्थापना गरिएको आइसोलेशनलाई प्रदान गरिएको हो ।
स्वास्थ्य सामाग्री जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ र बलेफी गाउँपालिका उपाध्यक्ष कमला श्रेष्ठलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।
आइसोलेशनमा हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीमा सर्जिकल माक्स‚ एन ९५ माक्स‚ अक्सिमिटर‚ पिपिई सेट लगायत रहेका छन् । त्यस्तै आइसोलेसनमा रहेका बिरामीहरू र स्वास्थ्यकर्मी लगायतलाई फलफूल समेत रहेको माओवादी केन्द्रका केन्द्रिय सदस्य सापकोटाले जानकारी दिए ।
त्यस्तै सोही प्रकारका सामाग्री खाडीचौरस्थित सिन्धु सदाबहार अस्पताल, चौतारा अस्पताल‚ चाकु, अस्पताल लगायतमा पनि प्रदान गरिएको छ ।
कोरोना माहामारी जिल्लामा दिनानुदिन बढिरहेको बेला माओबादी केन्द्र सिन्धुपाल्चोकले बिबिध कार्यक्रमहरु संचालन गरेको छ । जिल्लाको प्रत्येक वडामा कोभिड–१९ राहत कोष खडा गरिएको समेत केन्द्रीय सदस्य सापकोटा जानकारी दिए ।
सापकोटाले सङ्क्रमणबाट सिन्धुवासीलाई कसरी जोगाउने र सङ्क्रमितलाई सर्वसुलभ उपचार कसरी मिलाउने रु भन्नेमा माओबदी केन्द्र दत्तचित्त भएर लागि परेकाले नागरिकलाई नआत्तिन आग्रह समेत गरेका छन् ।
आफ्नो स्रोत र साधनले भ्याएसम्म जनताको जीवन रक्षामा सदैव लागि रहने प्रतिबद्धता माओवादी केन्द्रले जनाएको छ।
कार्यक्रममा पार्टिका जुगल गाउँपालिका कमिटी अध्यक्ष पदम बहादुर श्रेष्ठ ‘आक्रोश’, नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोक जिल्लाको अध्यक्ष रेसम श्याङबो, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका सचिव माओबादी केन्द्रका वाणिज्य संघका जिल्ला अध्यक्ष ईश्वर गुभाजु, जुगल उपाध्यक्ष सृजना तामाङ लगायतको उपस्थिति रहेको थियो ।